संयुक्त राष्ट्र संघको महासभाका क्रममा फ्रान्ससहित यूरोपेली देश अमेरिकी विदेशमन्त्रीबीच हुने बैठक तत्काललाई स्थगित भएको छ ।
अमेरिकी अधिकारीकाअनुसार भेटको तालिबान देखि अन्य विवादका कारण बहुपक्षीय बैठक रद्द गरिएको हो ।
समाजचार एजेन्सी रोयटर्सका अनुसार यो बैठकलाई अमेरिकी विदेशमन्त्री ब्लिङ्कन र फ्रान्सका विदेशमन्त्री जिन–यवेस लि द्रियनलाई एउटै मञ्चमा उपस्थित गराउनका लागि निकै महत्वपूर्ण मानिएको थियो ।
गता साता अमेरिका र फ्रान्सबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । अस्ट्रेलिया, अमेरिका र बेलायतबीच भएको ओकस सुरक्षा सम्झौताका कारण फ्रान्स रुष्ट बनेको थियो ।
यो सम्झौताका कारण अस्ट्रेलियाले फ्रान्ससँग भएको परम्परागत पनडुब्बी निर्माण सम्बन्धी करिब ५० अर्ब अमेरिकी डलर बराबरको सम्झौता रद्द गरेको थियो । फ्रान्सले त्यसपछि असन्तुष्टि जनाउँदै अस्ट्रेलिया र अमेरिकाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।