चोटका कारण मेस्सीले खेल गुमाउने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले चोटका कारण फ्रेन्च लिग वान अन्तर्गत बुधबार हुने मेट्जविरुद्धको खेल गुमाउने भएका छन् । 

पिएसजीले उनको घुँडामा समस्या देखिएको जनाएको छ । मेस्सीले आइतबार राति लियोनविरुद्ध समेत पूरा खेल खेल्न पाएका थिएनन् ।

पिएसजीले लियोनलाई २-१ ले हराएको खेलमा मेस्सीलाई ७५ औं मिनेटमा सब्सिच्युट गरिएको थियो ।

पिएजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले चोटकै कारण मेस्सीलाई सब्सिच्युट  गरिएको बताएका थिए ।

अर्को साता च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी विरुद्ध पनि मेस्सीले खेल्ने नखेल्ने कुनै टुङ्गो नभएको पिएसजीले बताएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १२:२३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया