सुर्खेतकाे वडा कार्यालयमा आगलागी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १ को वडा कार्यालयमा आगलागी भएको छ। आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा क्षति भएको छ ।

सोही वडाका स्थानीय वास्ताम लामिछानेले बुधबार बिहान साढे दश बजे आगजनी गरेका हुन् । 

आगलागी हुँदा अध्यक्षको कार्यकक्ष, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताए । 

‘घटनाका बिषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ’, उनले भने, ‘घटनाका दोषी उपर कारबाही हुन्छ ।’

छामिछानेले आफूलाई ज्यान मार्ने र वडा कार्यालय जलाइदिने धम्की दिएको वडाध्यक्ष सुनारले बताए । 

वडाध्यक्षले भने, ‘मलाई सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै तेरो घाँटी काटिदिन्छु भनेका थिए । म काम विशेषले गोष्ठीमा भएकाले कार्यवाहक दिएको छु । उहाँसँग काम गर्नुस् । यदि म नै चाहिने हो भने दिउँसोतिर अफिस आउँछु भनेको थिएँ । एकछिनपछि अफिसमा आगजनी भयो भनेर कर्मचारीहरूले फोन गर्नुभयो ।’





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १३:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया