नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए शपथ, आजै न्युयोर्क जाने

नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले परराष्ट्रमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई 
परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । 

मन्त्री खड्काले परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने छन्। मन्त्री खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

उनले राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १४:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया