यी हुन् नेपाली क्रिकेट खेलाडीलाई प्रायोजन गर्ने ५ विदेशी कम्पनी

एउटा खेलाडीका लागि उसले पाउने प्रायोजनले निकै अर्थ राख्छ । यस्ता प्रायोजनले खेलाडी तथा प्रायोजक दुवैलाई फाइदा पुग्छ । 

विश्वका विभिन्न कम्पनीले विभिन्न खेलका खेलाडीलाई प्रायोजन गर्दै आएका छन् । नेपालमा पनि विभिन्न स्वदेशी तथा विदेशी कम्पनीले खेलाडीलाई प्रायोजन गर्दै आएका छन् । 

पछिल्लो समय कतिपय नेपाली क्रिकेटरसँग विदेशी कम्पनी पनि प्रायोजकका रुपमा जोडिन थालेका छन् । 

बुधबार मात्रै भारतीय क्रिकेट सामग्री उत्पादक कम्पनी रेड रक स्पोर्टसले नेपाली युवा क्रिकेटर कुशल मल्ललाई प्रायोजन गरेको छ ।

नेपाली खेलाडीलाई प्रायोजन गर्ने ५ विदेशी कम्पनी

रेड रक स्पोर्टस् 



यो भारतीय क्रिकेट सामग्री उत्पादक कम्पनी बेला–बेलामा नेपाली खेलाडीसँग जोडिँदै आएको छ । 

रेड रकले कुशल मल्ल, सोमपाल कामी, भीम सार्की, करण केसी र सन्दीप जोरालाई प्रायोजन गरेको छ ।



खेल इन्डिया

भारतको दिल्लीमा रहेको क्रिकेट सामग्री उत्पादक कम्पनी खेल इन्डियाले केही समयअघि मात्र नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई प्रायोजन गरेको थियो । 

एडिडास

जर्मन कम्पनी एडिडासले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई प्रायोजन गरेको थियो । 

डिलक्स स्पोर्टस् कम्पनी (डिएससी)

भारतीय क्रिकेट सामग्री उत्पादक कप्पनी डिएससीले युवा बलर सन्दीप लामिछाने र राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई प्रायोजन गरेको थियो ।

स्पार्टन्स

खेलसामग्री उत्पादक यो अस्ट्रेलियन कम्पनीले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रायोजन गरेको थियो । 

यीबाहेक एसएम, बास, ट्विस्टरलगायत विदेशी कम्पनीले पनि नेपाली क्रिकेटरलाई प्रायोजन गरेका छन् । 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १७:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया