नेवि संघका महामन्त्री वडा अधिवेशनमै पराजित

नेपाली कांग्रेसको वडा अधिवेशनमा नेपाल विद्यार्थी संघ (नेवि संघ)का महामन्त्री वडा अधिवेशनमा नै पराजित भएका छन् । उनी सिन्धुपाल्चोकमा भएको वडा अधिवेशनमा पराजित भएका हुन् ।

उनी सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ मा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवार थिए । तर, उनले यसमा जित निकाल्न सकेनन् ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीले ९४ मत ल्याए । बलदेवले भने ७७ मत मात्र ल्याए । 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलानजिक बलदेव सिटौलाकै पहलमा नेवि संघमा महामन्त्री भएका थिए ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १९:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया