मन्त्रीको भागबन्डा लगभग टुंगियो, बिहीबार मन्त्रिपरिषद विस्तार हुने

सत्तारुढ गठबन्धनभित्र मन्त्रीको भागबन्डा लगभग टुंगिएको छ । गठबन्धनले बनाएको कार्यदलले सहमतिको खाका तयार गरेर शीर्ष नेतालाई बुझाएको छ।

मंगलबार भागबन्डाको विषयमा सहमति जुटेको र शीर्ष नेताहरुको बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेका छन् । सम्भवतः भोलि नै मन्त्रिमण्डल विस्तार हुने छ । 

जनता समाजवादी पार्टीले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नलिई सरकारमा सहभागी नहुने अडान लिएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएर त्यसलाई निस्तेज पार्न लागेको छ । 

मन्त्रालयको भागबन्डा गर्दा सबै दलको समान हैसियत कायम राख्ने समझदारी बनेको छ। जसअनुसार प्रधानमन्त्रीसहित कांग्रेसलाई ७ मन्त्रालय, माओवादी केन्द्रलाई ६ मन्त्रालय र १ राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीलाई ५ मन्त्री र १ राज्यमन्त्री, जनता समाजवादी पार्टीलाई ४ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको छ। 

प्रधानमन्त्री देउवाले जनता समाजवादी पार्टीबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरेका छन् । 

लोसपा सरकारमा आए उसलाई दुई मन्त्रालय दिने तयारी छ । लोसपाले पनि देउवालाई विश्वासको मत दिएकले सरकारमा सहभागी गराउने प्रयास गरिएको बताइएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार २०:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया