इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएको छ ।
हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा श्रेयस अयरले अविजित ४७ रन जोडे । ऋषभ पन्त ३५ रनमा अविजत रहँदा शिखर धवनले ४२ रनको योगदान दिए ।
हैदरावादका खलिल अहमेद र रशिद खानले १-१ विकेट लिए ।
यस अघि दुबईमा टस जितेर ब्याटिङ राजेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो ।
हैदरावादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्दिमान साह र केन विलियम्सनले १८-१८ रन को योगदान दिए ।
दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोत्जे र अक्षर पटेलले २-२ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
यो जितसँगै दिल्ली ९ खेलबाट १४ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिँदा हैदरावाद ८ खेलमा २ अंक जोड्दै अन्तिम स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।