मन्त्रिपरिषद विस्तारको तयारी, यी हुन् सम्भावित मन्त्री

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेकाे दुई महिनापछि बल्ल मन्त्रिपरिषद् विस्तारकाे तयारी भएकाे छ। 

गठबन्धनका घटकहरू आजै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारीमा जुटेका हुन्। 

त्यसअघि भने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले अध्यादेश ल्याउने भएकाे छ।

अध्यादेशपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने हुने राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पाैडेलले बताइन् । तर, सत्तारूढ दलहरूबीच मन्त्रालयकाे भागबण्डा भने टुंगिन बाँकी छ । 

स्राेतका अनुसार सत्ता नेतृत्व दल कांग्रेसले अब तीन मन्त्रालय पाउने सम्भावना छ । तीन मन्त्रीमा बढी सम्भावना भएका सांसदहरू दिलेन्द्रप्रसाद बढु, डा.मिनेन्द्र रिजाल, तेजुलाल चाैधरी, उमाकान्त चाैधरी र पुष्पा भुसाल हुन् । उनीहरूमध्येबाटै मन्त्री बन्ने चर्चा छ ।

बढु र रिजाल वरिष्ठ नेता रामचन्द्र पाैडेल, चाैधरीद्धय नेता कृष्णप्रसाद सिटाैला र भुसाल सभापति देउवा पक्षीय हुन् ।



कांग्रेसले यसअघि नै बालकृष्ण खाणलाई गृहमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइसकेकाे छ ।

माओवादीले जनार्दन शर्मालाई अर्थमन्त्री र पम्फा भुसाललाई ऊर्जामन्त्री बनाएकाे छ । 



माओवादीबाट अध्यक्ष पुषपकमल दाहाल 'प्रचण्ड'ले मन्त्रीहरूकाे टुंगाे लगाउने हरिबाेल गजुरेलले बताए । 'मन्त्रालय टुंगिएपछि अध्यक्ष कमरेडले मन्त्रीहरूकाे टुंगाे लगाउनुहुन्छ', गजुरेलले फरकधारलाई बताए ।

माओवादीबाट गजुरेलसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देवेन्द्र पाैडेल, सुदन किराँती, सुरेशकुमार राईलगायतकाे मन्त्री बन्ने सम्भावना बढी रहेकाे स्राेतले जनायाे ।

  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार ८:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया