संघीय संसदको दुवै सदनको बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने तयारी

संघीय संसदका दुवै सदनको बैठक आज दिउँसो २ बजे बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक बोलाइएको हो । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने उल्लेख छ ।

यसअघि बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित भएको थियो । आज राष्ट्रिय सभामा पनि विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची बनाइएको छ । 

प्रतिनिधिसभाबाट पारित विधेयकहरु राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि ३० भदौदेखिको ‘बजेट सटडाउन’ अन्त्य हुनेछ ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १०:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया