बैतडीमा एक व्यापारी मृत अवस्थामा फेला, हत्याको आशंका
सांकेतिक तस्बीर

बैतडीमा एक जना व्यापारी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका-४ लेकडाँडा निवासी अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनी सन्सेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आइरहेका थिए । 

स्थानीयले बिहान ६ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महराको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । 

स्थानीय प्रताप महराले मृतकको टाउको, छाती र शरीरका तमाम भागमा चोट देखिएकाले घटनाको सूक्ष्म ढंगले छानबिन गर्नुपर्ने बताए।
 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार ११:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया