नेपाली कांग्रेसको महाधिवेशनको मिति पर सर्ने भएको छ । बिहीबार साँझ बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले २१ हिमाली जिल्लाको अधिवेशन असोज १८ गतेअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ ।
दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।
आजको छलफलमा मंसिर ९ गतेदेखि १९ गतेको महाधिवेशनको मिति पनि सार्ने निष्कर्ष निकालेको छ । महाधिवेशनको नयाँ मितिबारे आगामी बैठकले निर्णय गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।