नेपाली कांग्रेस इन्द्रावतीको सभापतिमा भट्टराईको चर्चा

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस युवानेता नवराज भट्टराईको चर्चा चलेको छ । लामो समय कांग्रेस राजनीतिमा सक्रिय भट्टराई नेविसंघको राजनीति हुँदै तरुण दल र पार्टीमा लागेर काम गर्दै आएका छन् । 

खेल क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण योगदान दिँदै आएका भट्टराईले कांग्रेसको अबको नेतृत्व सक्षम र क्षमतावान हुनपर्ने भनाइ राख्दै आएका छन् । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका उपाध्यक्ष पनि भइसकेका भट्टराई अहिले कांग्रेस सिन्धुपालचोक क्षेत्र नम्बर २ को क्षेत्रीय उपसभापति छन् ।

भट्टराई् सानै उमेरदेखि राजनीतिमा चासो राख्ने गर्थे । यसअघि भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभाका छुट्टाछुट्टै चुनावमा सक्रिय भएर लागेका भट्टराई महाधिवेशनबाट अबको कांग्रेसले नयाँ नेतृत्व खोजिरहेको बताउँछन् । 

कम्युनिस्ट सरकारको ज्यादतीका कारण असफल भएपछि अन्ततः देशको बागडोर अभिभावकीय भूमिकामा कांग्रेसले सम्हालिरहेको भन्दै कांग्रेसमा पद र लोभको भन्दा पनि पार्टी र संगठनका लागि सोच्नुपर्ने धारणा भट्टराईले राखेका छन् ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार २१:२६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया