बुटवलको तिनाउ नदीमा बालकको शव फेला परेको छ ।
अर्धनग्न अवस्थामा शुक्रबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
शवको पहिचान खुल्न सकेकाे छैन । बालककाे उमेर अन्दाजी ८ वर्ष रहेकाे इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले बताए ।
पौडी खेल्दै गर्दा नदीमा बगेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।