माउन्टेनेरिङका विद्यार्थी अध्ययन र आरोहणका लागि मेरा पिक क्षेत्रमा

नेपाल माउन्टेण्ड एकेडेमीका विद्यार्थीले मेरा पिक क्षेत्रको भौगोलिक अध्ययनसँगै पिक आरोहण अभ्यास गर्ने भएका छन् । विद्यार्थीहरू सोलुखुम्बुमा पर्ने मेरा पिकको ट्रेकिङ रुट, वातावरणीय प्रभाव, विकाससँगै रुटमा देखिएको समस्या र हिमालय आरोहणको अनुभवसहितको अभ्याससहितको कोर्ष गर्न मेरा पिक क्षेत्र हिँडेका हुन् । 

नेपाल माउन्टेण्ड एकेडेमीको व्याचलर अफ माउन्टेनेरिङ स्टडिज (वीएमएस) का पहिलो ब्याजका १९ विद्यार्थी मेरा पिक क्षेत्र अध्ययनका लागि अहिले सोलु पुगिसकेका छन् ।  

एकेडेमीका अध्यक्ष लाक्फुटी शेर्पाले वीएमएसको कोर्षअनुसार विद्यार्थी रिसर्च एण्ड पिक आरोहणका लागि मेरा पिक क्षेत्र गएको जानकारी दिइन् । उनीहरूको २७ दिने यात्रामा हिमालय क्षेत्रको अनुभव र प्रयाक्टिकल कोर्ष पूरा हुने अध्यक्ष शर्पाले बताइन् । 

सो टिमका संयोजक तथा माउन्टेनेरिङ गाइड छिरिङ जाङ्बु शेर्पा छन् । यो टिमले यहाँको हावापानी, जडिबुटि, जलवायु परिवर्तन, ग्लेसियर, हिमपोखरीसँगै पिक आरोहणको अध्ययन पूरा गर्ने संयोजक शेर्पाको भनाइ छ । टिममा सहभागी एकेडेमीका प्राफेसर बसन्त पौडेलले भौगोलिक क्षेत्रको विषयमा बिफ्रिङ गर्ने बताइएको छ ।  

साथै, माउन्टेण्ड गाइडमा लाक्पा राङ्डु शर्पा र हरे राम खड्का रहेका छन् । शुक्रबार मकालु बरुण राष्ट्रिय निकुञ्ज प्रवेश गरेको यो टिम साँझसम्म चोले पुगेर बस्ने टिम लिडर छिरिङ जाङ्बु शेर्पाले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १३:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया