परराष्ट्रमन्त्री खड्का पुगे न्यूयोर्क, ११ गते महासभालाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल न्युर्योक पुगेको छ । 

जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत बहादुर राईले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । 

न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघको ७६औं महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

राष्ट्रसंघीय महासभाको साइडलाइनमा परराष्ट्रमन्त्री खड्काले बिभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । 


 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १६:५१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया