एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
फाइल फाेटाे

नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएकाे बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संसाेधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसै गरी आजको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमा छलफल गरेपछि टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेछन् । 

यस्तै यसअघिकाे स्थायी कमिटीको बैठकमा सदस्यहरूले राखेका सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि पनि छलफल हुनेछ । 


 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार ९:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया