सभापतिमा नातिसँग हजुरबुबा ८ मतले पराजित, समान मत आएपछि सचिवमा गोलाप्रथा
अध्यक्षमा आफैलाई पराजित गरेका नाति गजबहादरसँग हजुरबुबा पृतबहादुर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरमा शनिबार भएको पालिका तहको निर्वाचनमा नाति र हजुरबुबाबीच नै सहमति नजुटेपछि निर्वाचन भएको छ ।
 
कञ्चनपुर बेलडाँडी गाउँपालिका सभापति पदका लागि हजुरबुबा पृतबहादुर विष्ट र नाति गजबहादुर विष्टबीच सहमति जुट्न सकेन । सहमति जुट्न नसकपछि भएको निर्वाचनमा नातिले हजुरबुबालाई आठ मतले पराजित गरेका छन् ।

हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका छन् । ३७ वर्षीय गजबहादुरले कुल ८५ मध्ये ४५ मत पाएका हुन् । पराजित हजुरबुबा ६० वर्षीय पृतबहादुरले ३७ मत मात्रै ल्याए । तीन मत बदर भएका थिए ।

गाउँपालिका कार्यसमिति सभापतिमा विजयी गजबहादुरले पृतबहादुर १३ दिने जुठो लाग्ने हजुरबुबा भएको जानकारी दिए । बेलडाँडी गाउँपालिकामा टीकासिंह खड्का ४३ मत र ठगना राना ४० मतका साथ उपसभापतिमा निर्वाचित भएका छन् ।

उपसभापतिका अन्य प्रत्यासी पूर्णानन्द भट्ट र डम्बरलाल राना (दयालु)ले क्रमशः ३६ र ३१ मत मात्रै ल्याए । 

यस्तै, सचिवमा विजयी धनबहादुर रोकायाले ४२ मत पाए । सचिवमा कुलैराज उपाध्याय र सचिन कठायतले समान ३८ मत पाएका थिए । समान मत ल्याएका दुईजनाबाट गोलाप्रथा गर्दा उपाध्याय चयन भए । सचिवकै अर्का प्रत्याशी रमेश चनाराले ३१ मत ल्याए ।

बेलडाँडी गाउँपालिका कार्यसमितिको सहसचिवमा विजयी देशुराम चौधरीले ३८ र नरेशसिंह धामीले ३७ मत ल्याए । वसन्त रोकाया ३४ र भुवनेश्वर पण्डित ३१ मत ल्याएर पराजित भए ।





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १९:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया