नेपाली कांग्रेसले शनिबार थप ५ क्रियाशील सदस्यता विवाद टुंग्याइएको छ । यससँगै क्रियाशील विवाद टुंगिएका जिल्लाको संख्या ७० पुगेको छ ।
शनिबार महोत्तरी, सिराहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिमा पठाइएको छ ।
बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको भए पनि ती जिल्लाको विवरण निर्वाचन समितिमा आइनपुगेको निर्वाचन समितिका एक सदस्यले बताए ।
अब निर्वाचन समितिमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीको क्रियाशील सूची पुग्न बाँकी छ ।
शनिबार ‘फाइनल’ भएका पाँच जिल्लामा आइतबार नै निर्वाचन अधिकृत खटाइने निर्वाचन समितिले जानकारी दिएको छ ।
दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने कांग्रेसको निर्णय छ । सोहीअनुसार काम अघि बढाउने निर्वाचन समितिको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।