कांग्रेस महाधिवेशन : रोल्पाका सबै पालिका सर्वसम्मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रोल्पाका सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ।

रोल्पामा एक नगरपालिका र नौवटा गाउँपालिका रहेकोमा दसवटै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए । 

रोल्पा नगरपालिकाको सभापतिमा चन्दप्रकाश आचार्यसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । 

सुनछहरी गाउँपालिकाको सभापतिमा कोमबहादुर बुढा मगर, सुनिलस्मृति गाउँपालिकाको सभापतिमा आशिष गिरी, गंगादेव गाउँपालिकाको सभापतिमा मीनबहादुर खड्का, माडी गाउँपालिकाको सभापतिमा नवराज डाँगी सर्वसम्मत रुपमा चयन भएका छन्।

परिवर्तन गाउँपालिकाको सभापतिमा खड्कबहादुर घर्ती मगर, थवाङ गाउँपालिकाको सभापतिमा खरिलाल डाँगी, त्रिवेणी गाउँपालिकाको सभापतिमा दुर्योधन राना, रुन्टीगढी गाउँपालिकाको सभापतिमा जनक पुन र लुङ्ग्री गाउँपालिकाको सभापतिमा जनक खड्का सर्वसम्मत रुपमा चयन भएका छन्।





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार २१:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया