ओमानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाल
फाइल फाेटाे

नेपाली राष्ट्रिय फुटबल टाेली र ओमानबीच आज (आइतबार) मैत्रीपूर्ण खेल हुँदैछ । दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि हाल नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ।   

यसभन्दा अगाडि नेपालले घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एक खेलमा नेपालले बराबरी खेल्दा अर्काे खेल गुमाएकाे थियाे ।

ओमानविरुद्धकाे मैत्रीपूर्ण खेलपछि नेपाली टिम कतारबाट साफका लागि माल्दिभ्स जानेछ ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुँदै छ। नेपालले आफ्नो पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। 

नेपालले दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेल भारतसँग र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।



साफ च्याम्पियन्ससिपकाे लिग चरणकाे खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियाेगितामा पाँच राष्ट्रकाे सहभागिता रहनेछ ।



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ९:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया