सुत्केरीको मृत्यु भएपछि धनगढीकाे नवजीवन अस्पताल तनावग्रस्त

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पतालमा तनाव सिर्जना भएको हो । 

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया कल्पना सिंह मल्ल रहेकी छन् । 

आइतबार बिहान ८ बजे मल्लकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आइसियुमा भर्ना गरिएको थियाे ।

उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेष्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन् ।

अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआइसियुमा राखिएको छ । पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएकाे छ ।





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ११:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया