आइपिएल : कोलकातामाथि रोमान्चक जित निकाल्दै चेन्नई शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले आइतबारको खेलमा कोलकाता नइटराइडर्सलाई २ विकेटको हराएको हो । 

निकै रोमान्चक बनेको खेलमा कोलकाताले दिएको १७२ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा ८ विकेट गुमाएर भेट्टायो । 
चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ४३ रनको योगदान दिँदा, रुतुराज गायकवाडले ४०, मोइल अलीले ३२ र रविन्द्र जडेजाले २२ रन जोडे ।

कोलकाताका सुनिल नारायणले ३, लोकी फर्गुसन, प्रसिद्ध कृष्णा, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १–१ विकेट लिए । १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।  

यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको  कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । 

उसका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रनको योगदान दिँदा नीतीश रानाले अविजित ३७, दिनेश कार्तिकले २६ र आन्द्रे रसेलले २० रन जोडे ।

चेन्नईका जोस हेजलउड र शार्दुल ठाकुरले समान २–२ लिँदा रविन्द्र जडेजाले १ विकेट हात पारे । २ विकेट रन आउटका रुपमा प्राप्त भयो । 



यो जितसँगै चेन्नईले १० खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ८ अंकका साथ कोलकाता चौथो स्थानमा छ ।



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १९:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया