लोसपा संसदीय दलको बैठक जनकपुरमा सुरु

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ संसदीय दलको बैठक आजदेखि जनकपुरधाममा सुरु भएको छ । 
बैठकको पहिलो दिन आज पार्टीका नेताहरुलाई संसदीय दलको विधान बाँडिएको छ । 

सबैजनालाई विधान अध्ययन गरेर त्यसमा संशोधन र परिमार्जन गर्नुपर्ने बुँदामाथि छलफलका लागि सोमबार पुनः बोलाइएको छ । 

विधान पास गरेपछि मात्र अगाडिको प्रक्रियामा जान मिल्ने प्रावधानअनुरुप सबैलाई अध्ययन गरेर त्यसमाथि राय सुझावका लागि भोलि बोलाइएको लोसपाका प्रदेश सभा सदस्य परमेश्वर साहले जानकारी दिए । 

पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा आइतबारबाट सुरु भएको बैठकले प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई दलको नेतामा चयन गरिने स्रोतले जनाएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी हुँदा पनि संसदीय दलको नेता जितेन्द्र सोनल नै थिए ।

सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट छुट्टिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन गरिएको छ ।
 
जसपाका ५५ प्रदेशसभा सदस्य मध्ये १६ जनाले लोसपा रोजिसकेका छन् ।





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार २०:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया