भारतीय क्रिकेटका सबैभन्दा बढी चर्चा गरिनेमध्येका एक खेलाडी विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् । उनल आइपिएल २०२१ म मुम्बई इन्डियन्सविरुद्धको खेलमा नयाँ रेकर्ड बनाएका हुन् ।
विराटले टी २० क्रिकेटमा १० हजार रन पूरा गरेर भारतका लागि नयाँ रेकर्ड बनाएका हुन् । अहिलेसम्म भारतीय ब्याट्सम्यान कसैले पनि टी २० क्रिकेटमा १० हजार रन पूरा गरेका छैनन् ।
तर, विश्वभर चाहिँ विराटकोभन्दा पहिले नै चार जना ब्याट्सम्यानले यस्तो रेकर्ड बनाएका छने ।
यसअघि क्रिस गेल, किरोन पोलार्ड, शोएब मलिक तथा अष्ट्रेलियाका डेभिड वार्नरले टी २० क्रिकेटमा १० हजार रन पूरा गरिसकेका छन् ।
गेलपछि विराटले नै सबैभन्दा छिटो वा सबैभन्दा कम बलमा नै १० हजार रन बनाएर अर्को रेकर्ड पनि बनाएका हुन् । हिजो राति भएको खेलमा १३ औं रन बनाए पछि विराटले यो रेकर्ड बनाएका हुन् ।
केही समयअघि मात्र विराटले टी २० विश्वकप पछि भारतको कप्तानी छोड्ने निर्णय गरेका थिए । उनको यो घोषणा आउनुभन्दा ठिक दुई दिन पहिले मात्र उनलाई आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट हटाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।