चलचित्र रिलिजका लागि तछाँडमछाड

कोरोनाका कारण बलिउडका थुप्रै चलचित्र लामो समयदेखि रोकिएका छन् । सिनेमा हल बन्द छन् । आगामी अक्टुबर २२ तारिखबाट महाराष्ट्र सरकारले हल खोल्ने निर्णय गरेको छ । महाराष्ट्र सरकारको यो निर्णयसँगै बलिउड चलचित्रकर्मीहरूमा खुसी सञ्चारित भएको छ ।

बलिउडका निर्माता निर्देशकहरूले आफ्ना चलचित्र प्रदर्शनका लागि मिति घोषणा गर्न तछाडमछाड गरिरहेका छन् । कोरोनाको पहिलो चरणमा रोकिएका चलचित्रदेखि लकडाउनको समयमा छायांकन भएका चलचित्रसम्मले धमाधम आफ्ना चलचित्रका लागि प्रदर्शन मिति घोषणा गर्न थालेका छन् ।

साताको पहिलो दिन आइतबार मात्रै बलिउडका १२ चलचित्रले आफ्नो चलचित्रको प्रदर्शनको रिलिज मिति तय गरेका छन् । चलचित्र ‘सूर्यवंशी, बन्टी और बब्ली-२, पृथ्वीराज, जयश भाइ जोरदार, शम्शेरा’ लगायतका चलचित्रले आइतबार रिलिज मिति तय गरेका हुन् ।

यसैगरी नाडियाडवाला ग्रान्डसनको ब्यानरमा बनेका ४ चलचित्रले पनि आइतबार नै रिलिज मिति घोषणा गरेका छन् । चलचित्र ‘तडप’ डिसेम्बर ३ लाई रिलिज मिति लक गरेको छ । यस्तै रणवीरले शीर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘८३’ यो वर्षको क्रिसमसको अवसरमा रिलिज हुने भएको छ ।

अक्षय कमारको ‘बच्चन पाण्डे’ सन् २०२२ को मार्च ४ तारिखमा रिलिज हुने भएको छ । यसैगरी टाइगर श्राफको ‘हिरोपन्थी’ले ‘मे’ ६ लाई रिलिज डेट लक गरेको छ । अजय देवगणको ‘मेडे’ले सन् २०२२ को अप्रिल २९ तारिखलाई रिलिज डेट पक्का गरेको छ ।

शाहिद कपुरको ‘जर्सी’ डिसेम्बर ३१ बाट रिलिज हुने भएको छ । बलिउडको अर्को चलचित्र ‘भूलभूलैया २’ले पनि सन् २०२२ को मार्च २५ लाई रिलिज डेट लक गरेको छ । 




 



  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ९:२४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया