भूमि आयोग विघटनविरुद्ध दायर दुईवटा रिटको न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ ।
रिटका निवेदकहरू भूमि आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवाली, अधिवक्ता प्रवेश केसी, एकबहादुर ल्वागुन र रोजन खड्का हुन् ।
रिटमार्फत् निवेदकहरूले कार्यावधि नसकी आयोग विघटन गरेको जिकिर गर्दै विघटनको निर्णयलाई बदर गर्न माग गरेका छन् ।
८ असोजमा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको पनि स्थगित भएको थियो । त्यसअघि २५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिमसँगै अल्पकालीन आदेश जारी गरेको थियो ।
यस्तै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २१ भदौमा ‘लगाउमा राखी पेसी गर्ने’ आदेश जारी गरेको थियो ।
पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरेका शेरबहादुर देउवाले ११ साउनमा आयोगलाई विघटन गरेका थिए ।
आयोगका तत्कालीन अध्यक्ष ज्ञवाली चितवनका एमाले नेता हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।