संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेको छ : महन्थ ठाकुर
फाइल फाेटाे

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

सोमबार पार्टीका महिला नेतृहरूले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्त्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौं ।’

देशमा राजनीतिक अस्थिरता रहे पनि मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १२:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया