कांग्रेस महाधिवेशन : यी २१ जिल्लाकाे अधिवेशन असोज १८ गते

नेपाली कांग्रेस वडा र पालिका अधिवेशन सम्पन्न भएका २१ हिमाली जिल्लाको अधिवेशन असोज १८ गते गर्ने भएको छ।

अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले तयारी थालिसकेको छ। कांग्रेस पदाधिकारी बैठकको निर्णयअनुसार हिमाली जिल्लामा दसैँअघि र पहाड तथा तराईका जिल्लामा दसैंलगत्तै अधिवेशन गर्ने निर्णय गरेको छ। 

हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैंअगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन गर्न लागिएको हो।

देशभरका ७७ मध्ये ६४ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ । तीमध्ये ६० जिल्लामा पालिका अधिवेशन पनि सम्पन्न भएको छ । 

गोरखालगायत जिल्लामा मंगलबार प्रदेशसभा क्षेत्रीय अधिवेशन हुन लागेको छ। असोज १५ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी छ।

यी जिल्लामा हुँदै छ असोज १८ मा जिल्ला अधिवेशन 





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार २०:३५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया