सचिन तेन्दुल्करको रेकर्ड तोडे विराटले, बनाए सबैभन्दा छिटो १० हजार रन

एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन बनाउने ब्याट्सम्यान बनेका छन् । 

कोहलीले विशाखापट्टनममा बुधबार भएको खेलेको खेलसहित २ सय १३ एक दिवसीय खेलका २ सय ५ पारीमा यो रेकर्ड बनाएका हुन् ।

यसअघि सबैभन्दा कम एक दिवसीय खेलमा १० हजार रन बनाउने रेकर्ड भारतीय क्रिकेटर सचिन तेन्दुल्करको नाममा दर्ज थियो । सचिनले २ सय ६६ एक दिवसीय खेल खेल्दै २ सय ५९ औं पारीमा यो उपलब्धि हासिल गरेका थिए ।

एक दिवसीय खेलमा १० हजार रन बनाउने विराट पाँचौ भारतीय खेलाडी हुन् । यसअघि सौरभ गांगुली, राहुल द्रविड, महेन्द्र सिंह धोनीले पनि एक दिवसीय खेलमा १० हजार रन जोडिसकेका छन् ।

यो रेकर्ड सँगसँगै विराट भारतीय क्रिजमा ४ हजारभन्दा धेरै रन बनाउने पहिलो भारतीय क्रिकेटर पनि बनेका छन् ।

यतिमात्र होइन, बुधबारको खेलपछि विराट वेस्ट इन्डिजविरुद्ध सबैभन्दा धेरै रन बनाउने भारतीय क्रिकेटर पनि बनेका छन् । यसअघि यो रेकर्ड पनि सचिनकै नाममा थियो । 



विराटले १० हजार रन कटाएपछि भारतीय क्रिकेटरहरुले उनको खुलेर प्रशंसा गरेका छन् । पूर्व भारतीय क्रिकेटर विरेन्द्र सहवागले ट्विट गरेका छन्, ‘सफ्टवेयर सधैं अपडेट भइरहन्छ, यो विराटले प्रमाणित गरेका छन् ।’ मोहम्मद कैफ तथा भिभिएस लक्ष्मणले पनि कोहलीको खेलको प्रशंसा गरेका छन् ।



  • प्रकाशित मिति : कात्तिक ८, २०७५ बिहीबार ७:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया