सञ्चारमाध्यमलाई प्रविधिमा सहुलियत दिनुपर्छ : काउन्सिल अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका सञ्चारमाध्यमलाई राज्यले निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताएका छन् ।

मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चारमाध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताएका छन् । 

उनले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

‘सञ्चार माध्यमलाई पनि सञ्चार प्रविधिको विकास र सहुलियत जरुरी छ,’ बस्नेतले भने, ‘खासगरी साना लगानीका मिडियालाई । साना लगानीका मिडिया अब राज्यले विशेष रूपले नहेर्ने हो भने टिक्न पनि गाह्रो छ । यस्ता साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको सुविधा व्यवस्था गर्न सक्छ कि सक्दैन?’  

अध्यक्ष बस्नेतले अनलाइन, युट्युब जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सूचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए । 

 





  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १९:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया