बजारमा सुनको माग बढ्याबढ्यै भएपछि नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । अहिले नीतिअनुरूप दैनिक २० किलो सुन आयातको सीमा तोकिएको छ । तर, २० किलोले नपुगेको भन्दै व्यवसायीहरूले निरन्तर दबाब दिन थालेपछि सुन खपतको बजारबारे बैंकले अध्ययन थालेको हो ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सुनचाँदी व्यवसायीहरूसँग कसले कसरी सुन लगिरहेको छ भनेर अनुसन्धान सुरु गरेको छ ।
राष्ट्र बैंकले सात दिनको समय दिएर सुनचाँदीका संगठनहरूमार्फत् सुनचाँदी लैजाने व्यवसायीको विवरण माग गरेको थियो । सो समय पनि नाघिसकेको बताइन्छ । व्यवसायीले कोभिडलाई देखाएर तथ्यांक दिन आनाकानी गरिरहेको राष्ट्र बैंककाे स्रोत बताउँछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।