मृतकको नाममा पनि रकम निकासा गर्ने तत्कालीन ५ जना सचिवहरूमाथि आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर जिल्लामा मृत्यु भइसकेका व्यक्तिको दोहोरो र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताको रकम निकासा गर्ने पाँच जना तत्कालीन सचिवहरूमाथि मुद्दा दायर गरेको छ ।

उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसबाट पाँच जना तत्कालीन सचिवहरूले सामाजिक सुरक्षा भत्ताको रकम निकास गरेको प्राप्त उजुरीको आधारमा छानविन गरी उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

अख्तियारले पाँचै जनामाथि १६ लाख ४० हजार ५०० रुपैयाँ हिनामिना गरेको भन्दै मागदावीसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

‘आव ०६३/०६४ सालदेखि आब ०७१÷०७२ सम्ममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको मृत्यु र मृत्युदर्ता भएपश्चात निजहरूको नामावली सामाजिक सुरक्षा वितरणको भत्ताको भरपाइमा कैफियत जनाइ लागत कट्टा गर्नुपर्नेमा सो काम नगरी उल्टै मृतक र दोहोरो नाममा रकम हिनामिना गरेको देखिन्छ । तसर्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ एवम दफा ३५ मुद्दा दायर गरिएको हो’,आराेपपत्रमा लेखिएकाे छ ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १४:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया