धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो । 

सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमतिपत्रका लागि १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालीन अनुमतिपत्र वितरण सुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । 

परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए । उनले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको जानकारी दिए।

उनले भने, ‘सेवाग्राहीबाट लाइसेन्स ढिला आउने, क्वालिटीको नआउनेजस्ता धेरै नै गुनासो आएको थियो । अब त्यो गुनासो हामी कम गर्दै जानेछौँ । हामी परीक्षार्थीले परीक्षा दिएको एक हप्तामा एक वर्षीय परीक्षण लाइसेन्स दिनेछौँ । अनुमतिपत्र लिनुभएका सवारी चालकहरूले एक वर्षभित्र ५ वटा मिस्टेक भन्दा बढी गर्नुभयो भने लाइसेन्स खारेज हुन्छ । गल्ती गर्नुभएन भने स्मार्ट लाइसेन्स दिनेछौँ ।’

चालक अनुमतिपत्र वितरण सुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ । परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुसी प्रकट गर्दै अब सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन् ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १५:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया