मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक–एक थान क्रिकेट ब्याट हस्तान्तरण गरेको छ ।
इटहरीमा बुधबार एक कार्यक्रमका बीच सेन्टरले राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रुबिना क्षेत्रीसहित प्रदेश १ र २ का एघार खेलाडीलाई ब्याट वितरण गरेको हो ।
महेन्द्र मेमोरियल एकेडेमी दुहबीका निर्देशक निश्चलराज शाक्यको प्रायोजनमा १५ हजार मूल्य बराबरको ब्याड वितरण गरिएको सेन्टरका अध्यक्ष विप्लव घोषले बताए ।
क्रिकेटका खेल सामग्री महँगो भइरहेको अवस्थामा निःशुल्क रुपमा पाएको स्तरीय ब्याटले खेलाडीको प्रदर्शनमा सहयोग पुग्ने महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले बताए ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रत्येक वर्ष मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउँदै आएको छ । यस्तै, क्रिकेट खेलाडीलाई विभिन्न सहयोग र हकहितको क्षेत्रमा काम गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।