देउवाले बाेलाए सर्वदलीय बैठक

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । 

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

संघीय संसद सञ्चालनमा देखिएकाे अवराेध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लागेका हुन्। 

संसद अवराेधलगायतका विविध समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत भाद्र २३ गतेदेखि संसद सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै राख्दै एमालेले संसद अवराेध गर्दै आएकाे हाे।

आजकाे सर्वदलीय बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको सचिवालयले जनाएकाे छ ।




 



  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ७:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया