च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियलमाथि २-१ को रोमान्चक जित दर्ता गरेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन एलेक्स टेलेस र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे । भिल्लारियलका लागि पाको अल्कासरले गोल गरे।
खेलको ५३औँ मिनेटमा अल्कासरको गोलमार्फत पाहुना टोलीले सुरुवाती अग्रता बनाएको थियो । ६०औँ मिनेटमा टेलेसले युनाइटेडलाई बराबरीमा ल्याए ।
थप गरिएको समयमा रोनाल्डोले गोल गर्दै टोलीलाई पहिलो जित दिलाए । च्याम्पियन्स लिगमा यो उनको कीर्तिमानी १७८औँ खेल हो ।
राेनाल्डोले रियल मड्रिडका पूर्व कप्तान तथा गोलरक्षक इकर कासिलास १७७ खेलको कीर्तिमान तोडेका हुन् ।
२ खेलबाट ३ अङ्क जोडेको युनाईटेड समूह ‘एफ’को तेस्रो स्थानमा रहँदा समान खेलबाट १ अङ्कका साथ भिल्लारियल अन्तिममा छ ।
यही समूहको अर्को खेलमा एट्लान्टाले योङ ब्वाईजमाथि १-० को कठिन जित हात पार्याे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।