लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् ।
उनले नयाँ राजनीतिक यात्राकाे थालनी गर्ने निर्णय गरेकाले सबै पदबाट राजीनामा दिएकाे उल्लेख गरेका छन् ।
‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु’, उनले बुझाएकाे राजीनामा पत्रमा लेखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।