प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद्को अवरोध हटाउन अनुरोध गर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमाले भने आजको बैठकमा उपस्थित भएको थिएन । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको बताए । एमाले बैठकमा नआएका कारण आजको बैठकमा प्रतिपक्षीको विषय आउन नसकेको कार्कीले बताए ।
‘उहाँहरू संवाद र छलफलबाट पर भाग्न खोजेको देखिन्छ जुन मुलुकको आवश्यक्ताभन्दा परको कुरा भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले फेरि पनि आमन्त्रण गर्ने बताउनुभएको छ। आजको बैठकको निचोड संघीय संसदलाई निर्वाध र सकारात्मक ढंगले सञ्चालनका लागि एमालेलाई अनुरोध गर्ने भन्ने रह्यो ।’
एमालेको अवरोधले अन्यौलको अवस्था आएको भन्दै उनले प्रतिनिधिसभामा ३३ विधेयक र राष्ट्रियसभामा २७ विधेयक विचाराधीन रहेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।