फ्रेन्च पूर्वराष्ट्रपति सार्कोजीलाई एक वर्ष जेल सजाय!

फ्रेन्च पूर्वराष्टन्पति निकोलस सार्कोजीलाई त्यहाँको अदालतले एक वर्ष जेल सजाय तोकेको छ । पेरिस अदालतले सन् २०१२ मा फ्रान्समा भएको निर्वाचनमा गैरकानुनी रुपमा निकोलसले लगानी गरेको भन्दै यो सजाय सुनाएको हो ।

तर, यसमा कुनै सत्यता नभएको भन्दै सर्कोजीले माथिल्लो अदालतमा फेरि मुद्दा दायर गरेका छन् । ६६ वर्षका सार्कोजीमाथि यसअघि अर्को एक मुद्दामा तीन वर्षका लागि जेल सजाय तोकिएको थियो ।

उनले न्यायाधीशलाई नै घुस दिन खोजेको भन्दै यसअघि दोषी बताउँदै उनीविरुद्ध यो सजाय सुनाइएको थियो ।

सार्कोजीले यो निर्णयविरुद्ध पनि पेरिसको उच्च अदालतमा मुद्दा दायर गरेका छन् । 

यही कारण दोषी पाइए पनि सार्कोजी अहिलेसम्म जेल जानु परेको छैन ।





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १७:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया