बाँकेमा चाडपर्वलक्षित एकीकृत सुरक्षा योजना लागू

जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ । 

दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

उनका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष टोली परिचालन गरिएको छ । मूलतः जिल्लाको भारतीय सीमा नाका जमुनाहादेखि कोहलपुरसम्म सुरक्षा निगरानी बढाइएको छ ।

यसैगरी प्रशिक्षित कुकुरसहित सादा पोसाकका झण्डै १५० प्रहरीसमेत परिचालन गरिने जनाइएको छ भने नागरिकको सुरक्षाका लागि जमुनाहा नाकादेखि कोहलपुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

त्यस्तै राजमार्ग क्षेत्रमा ‘रिफ्रेस सेन्टर’ स्थापना र ‘सरप्राइज चेकिङ’को व्यवस्था गरिएको जनाइएको छ । स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटिएको छ ।





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार २०:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया