इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले बिहीबारको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटको हराएको हो ।
निकै रोमान्चक बनेको खेलमा हैदराबादले दिएको १३५ रनको लक्ष्य चेन्नईले २ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।
चेन्नईका लागि रुतुराज गायकवाडले सर्वाधिक ४५, फाप डु प्लेसिसले ४१, मोइल अलीले र अम्बाती रायडुले समान १७-१७ रन जोडे । हैदराबादका जेसन होल्डरले ३ र राशिद खानले १ विकेट हात पारे ।
यसअघि सारजहा क्रिकेट मैदानमा टस हरेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
उसका लागि रिद्दिमान शाहले सर्वाधिक ४४, अविशेक शर्मा र अब्दुल समादले समान १८-१८रनको योगदान दिँदा राशिद खान १७ रनमा अविजित रहे ।
चेन्नईका जोस हेजलउडले ३, ड्वाने ब्राभोले २ र रविन्द्र जडेजाले १ विकेट हात पारे ।
जितसँगै चेन्नईले १० खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ४ अंकका साथ हैदराबाद अन्तिममा छ । योसँगै चेन्नईले प्ले अफमा स्थान सुरक्षित गर्दा हैदराबादको भने सम्भावना समाप्त भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।