एमाले विधान महाधिवेशनः मुख्य मन्चमा छैन पुष्पलाल, मदन र मनमोहनको तस्वीर

नेकपा एमालेले यसअघि गर्ने आफ्ना कार्यक्रमहरुमा मुख्य मन्चमा नै शीर्ष नेताहरु पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर राख्ने गरेको थियो । 

तर, आजबाट गोदावरीमा सुरु भएको एमाले विधान महाधिवेशनमा यो स्वरुप फेरिएको छ । 

यसपटक मुख्य मन्चमा एमालेले यी तीन नेताको तस्वीर राखेको छैन । बरु त्यहाँ एमालेको चुनाव चिन्ह सूर्यलाई प्राथमिकताका साथ राखिएको छ । 

चुनाव चिन्हको छेउछाउमा चाहिँ नेपालको झण्डा राखिएको छ ।

आजबाट सुरु भएको विधान महाधिवेशनमा विशेष देखिने गरि एउटा मात्र नारा लेखिएको छ— जनताको बहुदलीय जनवाद । अनि त्यसको छेउमा मात्र यी तीन नेताको तस्वीर राखिएको छ । 

एमालेको पहिलो विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी छन् । 



एमालेले पार्टी महाधिवेशन चाहिँ आगामि मंसिरमा गर्दै छ ।




  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया