एमाले विधान महाधिवेशनः अब हुने छैनन् एमालेमा वरिष्ठ नेता, उपमहासचिव

एमाले विधान महाधिवेशनमा प्रतिनिधिहरुलाई बाँडिएको विधान संशोधन प्रतिवेदनमा केही पदहरु खारेज गरिएको छ । 

यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीमा उपमहासचिव दुई जना राख्ने प्रस्ताव गरेको थियो । तर, गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा उपमहासचिव पद र वरिष्ठ नेता नरहने गरि विधान संशोधन गरिएको छ ।

विधान संशोधन प्रतिवेदनमा एमालेमा सात उपाध्यक्ष राख्ने र सचिवको संख्या पनि सात पुर्याउने प्रस्ताव गरिएको छ ।

प्रतिनिधिहरुलाई वितरण गरिएको संशोधन प्रस्तावमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सचिव ६ जना मात्रैको पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । 

यो प्रस्तावमा १३ जना पदाधिकारीसहति केन्द्रीय कमिटीको संख्या २ सय २५ जना रहने उल्लेख गरिएको छ । 

यसअघि निवर्तमान अध्यक्षलाई वरिष्ठ नेता भन्न सकिने प्रस्ताव गरिए पनि यसलाई हटाउने आज बाँडिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 



आजबाट सुरु भएको विधान महाधिवेशन तीन दिनसम्म चल्ने भएको छ । एमालेले पार्टी महाधिवेशन चाहिँ मंसिरमा गर्ने जनाएको छ ।




  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया