ओलीले भने— विधान महाधिवेशन पार्टीका लागि नौलो अभ्यास

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन पार्टीका लागि नौलो अभ्यास भएको बताएका छन् ।

उनले विधि र नीति निर्माणमा नेतृत्व राप र चापबाट मुक्ता हुन सकोस् भनेर विधान महाधिवेशन गरिएको बताएका छन् । 

नेकपा एमालेले पहिलोपटक यो महाधिवेशन आयोजना गरेको हो । गोदावरीमा तीन दिन चल्ने विधान महाधिवेशनमा सहभागी हुन देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा आएका छन् ।

नेकपा एमालेले मंसिरमा पार्टी महाधिवेशन गर्दैछ । 

कार्यक्रममा सम्बोधन गर्दै ओलीले यो विधान अधिवेशन नेकपा एमालेको कठिन समयलाई पनि सम्बोधन गर्ने बताएका छन् ।






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया