दल विभाजनसम्बन्धी अध्यादेशबारे ओलीको धारणा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश दुषित मनशायका साथ आएको बताएका छन् । 

उनले सरकारले अधिवेशन अन्त्य गरेर २०७८ भदौ १ गते ल्याएको दल विभाजनका लागि सहज हुने अध्यादेशलाई अलोकतान्त्रिक, असंसदीय र विकृत राजनीतिको भद्दा दृष्टान्त बताएका छन् ।

उनले यो अध्यादेशले पार्टी विभाजनको बाटो खोलिदिएको र नयाँ दल गठन गरेको बताएका छन् । 

तर, यसबाट बनेका नयाँ दलको कुनै सैद्धान्तिक, राजनीतिक तथा नीतिगत आधार नभएको पनि उनले बताएका छन् । यो एमाले विभाजनका लागि ल्याइएको वृहत योजनाको एउटा अंग भएको उनले बताएका छन् ।

उनले एमाले विभाजनको यस्तो औचित्य नभएको पनि बताएका छन् ।

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १५:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया