ओलीको प्रतिवेदनः नेपाल एक चीन नीतिमा अडिग छ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा अडिग भएको बताएका छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको बताएका हुन् । 

उनले नेपालको कुनै पनि भूभाग वा जमिन छिमेकी तथा मित्र राष्ट्रहरुविरुद्ध प्रयोग हुन नदिने नीतिमा पनि दृढ भएको बताएका छन् । 

प्रतिवेदनमा ओलीले चीनसँग पछिल्लो समय नेपालको सम्बन्ध सुधार भएको पनि उल्लेख गरेका छन् ।

नेकपा एमालेले शनिबार देखि ललितपुरमा पहिलो विधान महाधिवेशन सुरु गरेको हो । यो तीन दिनसम्म चल्नेछ । आज ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेसँगै यसमाथि छलफल सुरु भएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १७:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया