नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस भएको बताएका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले विभिन्न राजनीतिक दलहरुसँग एमालेको प्रतिस्पर्धा र प्रतिद्वन्द्विता भएको भन्दै नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्रलगायतका क्रियाकलापप्रति आफ्नो विरोध भएको पनि बताएका छन् ।
उनले राजनीतिक प्रतिवेदनमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ ।’
उनले कांग्रेस एमालेको मुख्य मुख्य प्रतिष्पर्धी पार्टी भएको पनि उल्लेख गरेका छन् ।
एमालेको प्रथम विधान महाधिवेशनका तीन दिनसम्म चल्नेछ । यसका लागि देशभरका ६ हजारभन्दा धेरै प्रतिनिधि काठमाडौं आएका छन् ।
एमालेले पार्टी महाधिवेशन मंसिरमा गर्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।