अष्ट्रेलियाले कोरोना महामारी सुरु भएपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । अष्ट्रेलियाले आगामी नोभेम्बर महिनाबाट सीमा खुला गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय सीमा खुला गरेपछि खोप लगाएका नेपालीहरु सहज रुपमा अष्ट्रेलिया जान पाउनेछन् । अष्ट्रेलियामा अध्ययनरत नेपाली वा रोजगार गरिरहेका नेपालीका परिवारका सदस्य पनि खोप लगाएको अवस्थामा सीमा खुला भएसँगै अष्ट्रेलिया जान पाउनेछन् ।
अष्ट्रेलियाले सन् २०२० मार्चदेखि अन्तर्राष्ट्रिय सीमामा कडाई गरेको थियो । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमामा यति कडाई गरेको थियो की आफ्ना नागरिकलाई पनि विदेश जान दिएको थिएन । यो नीतिको धेरैले सराहना गरेपनि परिवारका सदस्यहरु भेटघाटबाट टाढा रहँदा आलोचना समेत भएको थियो ।
‘अब अष्ट्रेलियाका जनतालाई उनीहरुको जिन्दगी फिर्ता गर्न समय आएको छ,’ अष्ट्रेलियाका प्रधानमन्त्री स्काट मोरिसनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।