साफ च्याम्पियनसिप : नेपालको सुखद् सुरुवात

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति भएको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्समाथि १-० को कठिन जित हात पारेको हो । 

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा मनिष डाँगीले ८५औं मिनेटमा गरेको एक मात्र गोल नेपाललाई जित दिलाउन पर्याप्त बन्यो । 

उनले काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । 

मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो ।

नेपालले पछिल्लो पटक सन् १९९९ मा घरेलु भूमिमै आयोजना भएको दक्षिण एसियाली खेलकुद(साग) मा माल्दिभ्सलाई २-१ ले हराएको थियो ।



त्यसयता भएको ७ खेलमध्ये नेपालले ५ मा पराजय बेहोर्दा २ मा बराबरी खेलेको थियो । 

जितसँग नेपालले महत्वपूर्ण ३ अंक जोड्दा माल्दिभ्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 



अब नेपालले दोस्रो खेलमा सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ७:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया